नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास (सुरुङ मार्ग) बनाउने भएको छ ।

चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो ।

यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो ।

अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाखा प्रमुख अर्जुन थापाले जानकारी दिए ।

संघीय संसद् भवनदेखि बान्शेवर चोक अगाडिसम्मको करिव एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार