‘बाहुबली’पछि प्रभाषको कुन फिल्म कहिले रिलिज हुने ?

एजेन्सी । साउथका चर्चित स्टार प्रभाषको बाहुबली फिल्म पश्चात कुनै पनि फिल्म रिलिजमा आएको छैन । त्यसोत प्रभाषका आगामी फिल्म ‘साहो’ हो । यो फिल्मको लागि प्रभाषका फ्यानहरु धेरै लामो समय देखि पर्खाईमा छन् ।

प्रभाषको यो फिल्मको लागि दर्शकहरुले अझैं केही समयका लागि कुर्नु पर्ने भएको छ । समाचारमा आएअनुसार प्रभाषको ‘साहो’को रिलिज मिती सारिएको छ । प्रभाषको यो फिल्म अब आगामी वर्ष २०१९ मात्र रिलिज हुने भएको छ ।

मिड डे रिपोर्टका अनुसार प्रभाष र श्रद्धा कपुर अभिनित यो फिल्म आउँदो वर्षको जनावरीमा रिलिज हुनेछ । ‘साहो’ मेकर्सले यो फिल्मलाई आउँदो वर्षको मकर सक्रान्तीमा रिलिज गर्ने सोच बनाएको बताईएको छ । यो फिल्मको एक्शन सिक्वेलको सुटिङ पनि पुरा गर्न बाँकी नै रहेको जनाइएको छ ।

जनाकारी गराइएअनुसार यसैफिल्मको बाँकी सुटिङको लागि पुरै टीम चाँडैनै दुवई जाँदैछन् । दुवईमा यो फिल्मको केही महत्वुपुर्ण दृश्यलाईखिचिनेछ ।

पहिले समाचारमा आएअनुसार प्रभाषको यो फिल्म यसै वर्ष २०१८ मा रिलिज हुने वालामा थियो तर विविध कारण रिलिज हुन नसक्ने बताइएको छ । साउथ स्टार प्रभाषको बाहुबली पछि साहो पहिलो फिल्म हुनेछ ।

यो फिल्ममा बलिउडमा धेरै चर्चित कलाकारहरु पनि छन् । जस्मा, अभिनेत्री श्रद्धा कपुरले प्रभाषको अपोजिटमा छन् ।
त्यस्तै, नेगेटिभ रोलमा नील नितिन मुकेश रहेका छन् । साथमा फिल्ममा श्रकी श्रफ, मञ्दिरा बेदी, चंकी पाण्डे, लगाएतको पनि अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार