सोमवार शेयर बजारको सवै समूहमा गिरावट

काठमाडौँ । साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । पछिल्लो पटक शेयर बजारमा गिरावट आइरहेको छ । सोमवार शेयर बजारको कारोबार मापन गर्ने सूचक १० दशमलव ४६ अंकले घटेर १ हजार ४ सय दशमलव शुन्य ५ अंकमा कायम भएको हो ।

क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ ईन्डेक्स २ दशमलव शुन्य १५ अंकले ओरालो लागेको छ । बजार खोलेदेखिनै खस्किएको शेयर बजार अन्तिम समय सम्म पनि कुनै पनि कम्पनीहरुको शेयर कारोवारमा सुधार हुन सकेन । कारोबारमा आएका १० उपसूचकमा सबै कम्पनीहरुको नेप्से परिशुचकमा गिरावट आएको छ ।

सोमबार ३ हजार ८सय ९४ कम्पनीहरुको सात लाख ९९ हजार १ सय ४० कित्ता शेयर ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । शेयर बजारका लगानीकर्ताहरु अन्र्यौलमा परेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार