पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान् गरेका छन् । भारत उड्नअघि शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै भनेका छन्,‘रुखमा पात झर्लान, तर जरा भने उही हुन्छन्।’
उनले भने,’हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ, रुखबाट पात झर्लान, तर जरा भने कहिल्यै परिवर्तन हुँदैनन्’ । उनले हिँड्ने बाटो फरक भएपनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग रहिरहनुपर्ने जिकिर गरे ।
यो भ्रमणमा पनि पूर्वराजाले नेपालमा हिन्दुत्वको मुद्दाबारे भारतीय नेताहरुसँग कुरा हुन सक्ने जनाउ दिए । पूर्वराजा शाह विमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा बोकेर राजावादी र हिन्दुवादीहरु बिदाईका लागि पुगेका थिए ।
उडिसामा शनिबारदेखि आगामी बुधबारसम्म हुन लागेको गौ संरक्षण महोत्वसमा शाहलाई प्रमुख अतिथिकारुपमा बोलाइएको छ । उनलाई पठाइएको निमन्त्रणमा नेपालका राजाकै हैसियत दिइएको छ। प
छिल्लो समय धार्मिक गतिविधिमा सक्रिया पूर्वराजाले भारतमा पनि महोत्सवको अन्तिम दिन महायज्ञमा पूर्णाहुति दिने तालिका आयोजले सार्वजनिक गरेको छ। रोचक कुरा त के छ भने नेपालबाट राजसिंहासन खोसिएका ज्ञानेन्द्रलाई उडिसामा भारतीय हिन्दुवादीहरुले राजसिंहासनमै राखेर अभिषेक पनि गर्ने भएका छन् ।