चारवटै प्रदेशका सांसदहरुको पहिलो बैठक सम्पन्न


आज भएको बैठक चार वटा प्रदेशको पहिलो प्रदेशसभा सम्पन्न भएको छ ।

आफ्नो प्रदेशको अस्थायी राजधानीमा बसेको प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो बैठकले प्रदेशसभा सञ्चालन कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचनको मिति तय गरेको छ ।

प्रदेश नम्वर ७ को प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाको अन्तरिम कार्य सञ्चालन कार्यविधी पनि पारित गरेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलका एक–एक जना सांसदहरुले सम्बोधन गरेका थिए ।

प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठकले कार्यसूचीमा रहेका सबै एजेण्डा सर्वसम्मतीले पारित गरेको छ । बैठक सञ्चालन गर्दै जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेशसभाबाट समृद्धितर्फ लम्किने अवसर र कॉधमा चुनौति आएको बताए । प्रदेश नम्बर ६ मा माघ २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।

त्यस्तै प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पारित गर्दै प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक फागुन २ गते बस्ने गरी स्थगित भएको छ । जेष्ठ सदस्य वलदेब शर्मा पोखरलेको अध्यक्षतामा आज बसेको प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पारित, सभाअध्यक्षको समिति चयन र सभामुखको निर्वाचनको मिति तोकेको छ । बैठकले सभामुख र उपसभामुख नहुँदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । बैठकले सभामुखको निर्वाचनका लागि फागुन २ गतेको मिति तोकिएको छ ।

चारवटै प्रदेशका सांसदहरुले पहिलो बैठकमा सम्बोधन गर्नेक्रममा विकासको मुद्धामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुखको निर्वाचन मिति तय गर्दै चार वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक सम्पन्न, प्रदेश नम्बर २ र ५ मा फगुन २ गते, प्रदेश नम्बर ६ मा माघ २९ गते सभामुखको निर्वाचन हुने, प्रदेशसभा सञ्चालन कार्यविधि पारित, विकासको मुद्धामा केन्द्रित हुने सांसदहरुको प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार