बुटवलका पत्रकार भट्टराईलाई पितृशोक


काठमाडौं । नेपाल पत्रकार महासंघ रुपेन्देहीका पुर्व उपाध्यक्ष तथा तिलोत्तमा दैनिकका सम्पादक खिमानन्द भट्टराईलाई पितृ शोक परेको छ ।
उहाँका पिता ९० बर्षीय मित्रलाल भट्टराईको आज आईतबार विहान ७ बजे निधन भएको परिवारजनले बताएका छन् ।
गत शनिबार देखि काठमाडौस्थीत बिरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गराईरहनु भएका भट्टराइको श्वास प्रश्वासमा समस्या थियो ।
गुल्मीको लिम्घा ६ घर भई हाल काठमाण्डौको नार्गाजुन नगरपालीका ४ सितापाइलामा उनी बस्दै आएका थिए । स्वर्गिय भट्टराईका ३ छोरा र दुई श्रीमती छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्तीम संस्कार गरिएको छ । काँग्रेसका पुराना स्थानीय नेत समेत रहनु भएका भट्टराईको पार्थीब शरिरमा गुल्मीका निवर्तमान सांसद तथा काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले काँग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार