ओलीलाई पर्खदै मोदी

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने एमाले सचिव प्रदिप ज्ञवालीले दाबी गरेका छन् ।

‘जसरी मोदीले ओलीलाई दुईपटक फोन गर्नुभयो, उहाँ स्वराज नेपाल भ्रमण आएर अविश्वास हटाउनुभयो,’ आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भने। स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीले बताए।

ज्ञवालीले वाम गठबन्धनले भारतसँग सुमधुर सम्बन्ध राखेर जान चाहेको सुनाए। स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको जिकिर गरे।

ज्ञवालीले फागुन महिनाभित्रमा नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया टुङ्गोमा पुग्ने दाबी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार