सुर्खेत । प्रदेशसभाको आज अपराह्न बैठक शुरु हुनुपूर्व बिहान बसेको वाम गठबन्धनको बैठकले प्रदेश बैठकमा कसरी प्रस्तुत हुने र दलबाट कसले धारणा राख्ने भन्ने निर्णय गरेको छ ।
गठबन्धनको बैठकले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारे प्रदेशसभा सांसद, नगरपालिका÷गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिइने जनाएको छ । प्रशिक्षण अपराह्न २ः०० बजे सञ्चालन गरिने एमाले जाजरकोटका प्रदेश सांसद करवीर शाहीले बताउनुभयो ।