यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम

 231 पटक हेरिएको

गाईघाट । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्न थालेको सो कार्यालयले जनाएको छ ।
आइतबार मात्र गाईघाटको वडा नं ११ स्थित हिमाली टोलको एक होटलमा सादा पोशाकका प्रहरीले होटल सञ्चालिकासहित केही यौनकर्मीलाई रंगेशात पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो पक्राउ पर्नेमा होटल सञ्चालिका सानु श्रेष्ठ र यौन क्रियाकलपमा संलग्न केही महिलासहितका व्यक्ति रहेका छन् ।< पक्राउ परेका यौनकर्मी महिलाका बयान अनुसार होटल सञ्चालिका श्रेष्ठले कमिशनमा ग्राहक बोलाएर यौनकर्मीलाई एक पटककोे पाँचसयका दरले यौन क्रियाकलामा लगाउने गरेकी थिइन् ।
अन्य होटलमा पनि यस्ता कार्य हुनथालेकाले बिहान, बेलुकी र राति सादा पोशाकका प्रहरीले निगरानी गर्न थालेको प्रहरी प्रमुख भट्टले बताउनुभयो । केही स्थानमा यस्तो गतिविधि बढ्न थालेका कारण प्रहरीले कडाइका साथ नियन्त्रणको अभियान थालेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार