महोत्तरीमा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

बर्दिवास । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा ट्रयाक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्युहुनेमा बलवा–७ बनौटाका १४ वर्षीय रन्जित यादव रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
बलवाबाट महोत्तरीकै टिकुलियातर्फ आउँदै गरेको ज १ त ८४३७ नंम्वरको ट्रयाक्टरले यादबलाई शुक्रवार राती ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते उनलाई उपचाका लागि जनकपुर अंचल अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर गोल्डेन अस्पताल रिफर गरिएको थियो । जहाँ उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको बताईएको छ ।
प्रहरीले टयाक्टर चालक गौशला नगरपालिका ४ घर भएका २८ बर्षिय सरोज महात्तो र टयाक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार