धरानमा जन्मियो अचम्मको बाच्छी, जसको २ वटा टाउँको, २ वटा मुख र ३ वटा आँखा !!


इटहरी । धरानको हात्तिसारमा अचम्मको बाच्छी जन्मिएको छ । माघ १३ गते इन्द्रबहादुर कटुवालको घरमा दुईवटा टाउँको र दुईवटा मुख भएको बाच्छी जन्मिएको हो । दुईवटा मुख भएको बाच्छी जन्मिएपछि मानिसहरुको भिड लागेको थियो ।

इन्द्रबहादुर कटुवालका छोराकाअनुसार बाच्छीको दुईवटा जिब्रो र ३ वटा आँखा रहेका छन् । उनले भने नियालेर हेर्दा ४ वटा आँखा देखिन्छ ।अहिले त्यहा अचम्म मान्दै हेर्नेहरुको भीड लागेको छ । कटुवालका अनुसार १५–२० वर्षदेखि गाईपालन गरिरहेको भए पनि यस्तो खाल्को बाच्छी जन्मिएको पहिलो भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार