काठमाडौंको महाराजगन्जस्थित भैरबनाथ गणभित्र बिहान करिब नौ बजे विस्फोट भएको छ । विस्फोटक पदार्थ पड्किँदा चार जना घाइते भएका छन् ।
त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत चारमध्ये दुई जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । अभ्यासका क्रममा विस्फोटक पदार्थ पड्किएको हो ।
स्थानीयले ठूलो आवाजसहित विस्फोट भएको बताएपनि सैनिक अधिकारीले भने यसबारे केही बताएका छैनन् ।