काठमाडौ र काभ्रेमा क्यान्सर रोगीको संख्या धेरै

भक्तपुर । नेपालमा क्यान्सरका विरामीको संख्यामा वर्षेनी वृद्धि हुँदै गइरहेको छ ।

भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा उपचारको लागि आउने मानिसमध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी काठमाडौं र दोस्रोमा काभ्रेपलान्चोक जिल्लाका रहेका छन् ।

अस्पताललका प्रमुख डाक्टर ऋसिकेश नारायण श्रेष्ठको अनुसार अस्पतालमा उपचारमा आउने विभिन्न जिल्ला मध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी काठमाडौं उपत्यकामा रहेका छन् ।

एकवर्षको अवधिमा उपचार गरिएका बिरामी मध्ये पहिलो नम्बरमा काठमाडौ जिल्लाका ३ सय ४९ जना छन् । दोस्रोमा काभ्रे १ सय ९१ जना रहेका छन् ।

तेस्रोमा भक्तपुर १ सय ७८, चौथोमा ललितपुर १ सय ५०, पाचौंमा सिन्धुपाल्चोक १ सय ३८ जना रहेका छन् ।

त्यसपछि क्रमशः मोरङ १ सय २९, झापा १ सय १९, सुनसरी १ सय २ दोलखा ९५ र मकवानपुर ९० जना क्यान्सरका बिरामीले अस्पतालमा उपचार गरेको डाक्टर श्रेष्ठले जानकारी दिएका छन् ।
अस्पतालमा आएका बिरामी महिलामा हुने पाठेघरको क्यान्सर सबैभन्दा धेरै देखिएको छ ।

अस्पतालको अनुसार एक वर्षमा ४ सय ६२ जना महिलामा पाठेघरको क्यान्सर भएको छ । दोस्रोमा ४ सय २२ जनामा घाटीँको क्यान्सर भएको छ । तेस्रोमा ३ सय ३७ जनामा स्तन क्यान्सर देखिएको छ । चौथोमा टाउको र नाकमा हुने क्यान्सर २ सय ९३ जनामा देखिएको छ ।

नेपालमा क्यान्सरको मात्र उपचार दोस्रो ठुलो अस्पतालको रुपमा रहेको यस अस्पतालमा एक वर्षमा करिब नयाँ र पुराना गरेर करिब ६० हजार भन्दा धेरै बिरामीको उपचार गर्ने गर्दछ ।

अस्पतालले तथ्यांक अनुसार सन् २०१२ देखि २०१७कोको पाँच वर्षको अवधिमा नेपालमा क्यान्सरका रोगीको संख्या वृद्धि हुदैं गईरहेको छ ।

२०१२मा अस्पतालले २८ हजार ३ सय ६६ जना उपचार गरेकोमा २०१७मा आइपुग्दा उक्त संख्या दोब्बर भन्दा धेरै ६८ हजार ४ सय ४१ पुगेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार