‘आफ्नै घरमा बस्ने आस मर्‍यो’


चौतारा । गाउँमा पहिरोको जोखिम बढेपछि जुगल गाउँपालिकाको सेलाङस्थित बासखर्कमा आएर बसेका शिव थापालाई आफ्नै स्वामित्वको घरमा बस्न पाउने आशा मर्न थालेको छ।

राजनीतिक दलका नेता, सरकारी निकायका अधिकारी र पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृतले दिएको आश्वासन तीन वर्ष टहरोमा बिताउँदा पनि पूरा नभएकाले घरमा बस्ने आस हराउन थालेको हो।

उनको परिवारले विस्थापित जीवन बिताएको तेस्रो वर्ष पनि टहरोकै शीतमा बित्न लागेको छ। अनुदानमा पाएको रकममाथि ऋण लिएर टहरो हालेका उनको चारजनाको परिवारलाई सरकारले जग्गा देला र घर बनाऔँला भन्ने आस थियो। ‘अब त त्यो पनि मर्न थालिसकेको छ’, थापाले भने, ‘छाप्रोमै दुई वर्ष झेलियो, अझै सुरक्षित बासको टुंगो छैन।’
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार