अनमोल ‘कृ’ ट्रेलरको किर्तिमानी रेकर्ड

 195 पटक हेरिएको


अनमोल केसी स्टारर फिल्म ‘कृ’को प्रतिक्षा झन्डै डेढ वर्षदेखि व्यापक रुपमा भइरहेको छ । यसैबीच फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रवार साँझ युुट्युबमा सार्वजनिक गर्‍यो । इन्टरनेटमा रिलिजसँगै ‘कृ’ ट्रेलरले लाखौं भ्यू पाइरहेको छ । योसँगै ट्रेलरले युट्युबमा नेपाली फिल्मको ट्रेलरले यसअगाडि बनाएको सबै रेकर्डलाई तोडिदिएको छ ।

यसअघि सबैभन्दा चाँडो युट्युबमा सर्वाधिक हेरिने ट्रेलरको रेकर्ड फिल्म ‘ए मेरो हजुर २’ को नाममा थियो । फिल्मको ट्रेलरले युट्युबमा सार्वजनिक २४ घण्टामा साढे ५ लाख बढी भ्यू पाएको थियो । तर, ‘कृ’ले युट्युबमा यो रेकर्ड पनि तोडेको छ । यसलाई, सार्वजनिक भएको २२ घन्टामै ६ लाखभन्दा बढी पटक हेरिएको छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएको १९ घन्टामै नेपालमा युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’को बनेको छ । ट्रेलरलाई २८ हजार लाइक र २ हजार डिसलाइक मिलेको छ । ६ हजारभन्दा बढी कमेन्ट प्राप्त ‘कृ’ ट्रेलरलाई अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

अनमोलको क्रेज फिल्मको ट्रेलरले बनाएको किर्तिमानी रेकर्डले नै प्रष्ट पार्छ । यो फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र एङ्ग्री अवतारलाई खुब रुचाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार