नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी नेता बालकृष्ण ढुंगेलसँग भेट गरेका छन् ।
बुधबार डिल्लिबजारस्थित सदरखोर कारागारमा पुगेर कैद सजाय भोगिरहेका माओवादी नेता ढुंगेललाई भेटेका हुन् ।
भेटपछि डा. भट्टराईले आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको भन्दै क्रान्तिलाई अपराजध मान्न आफू तयार नभएको बताएका छन् ।
‘जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानीको अनुभूति भयो । क्रान्तिलाई अपराध मान्न मन कत्ती तयार भएन । ‘भट्टराईले फेसबुक पेजमा लेखेका छन् ।
भट्टराईले जनयुद्धरुपी क्रान्तिकारी रुखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रुखका रुपमा रहेका बालकृष्ण ढुंगेल जस्ता हाँगाहरु बालेर आगो ताप्न कसरी सकिन्छ भन्दै प्रश्न गरेका छन् ।