बिषाक्त ग्यास फैलिएर नौ जनाको मृत्यु

गुइयाङ, चीन । चीनको दक्षिणपश्चिमी गुइजोउ प्रान्तको लिउपानसुई सहरमा रहेको फलाम र स्टीलको एक कारखानामा प्रयोग गरिएको बिषाक्त ग्यास फैलिएर नौ व्यक्तिको मृत्यु भएको समाचार छ ।

स्थानीय अधिकारीले बिहीबार सो जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः३० बजे यो दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परी नौ व्यक्तिको मृत्यु हुनुको साथै दुई जना विरामी परेका छन् । ती दुई जना गम्भीररुपमा विरामी परेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार