ज्यान मारेको २४ बर्षपछि प्रहरी फन्दामा


काठमाडौं । कर्तब्यज्यान मुद्धाका फरार अभियुक्त २४ बर्षपछि काठमाडौंको दहचोकबाट पक्राउ परेका छन् । २०५० साल चैतमा सिन्धुपाल्चोकको तारामाराङ गा.वि.स–२ का सानुकान्छा तामाङलाई कर्तब्य गरी मारेर फरार भएका सोही ठाउँका ‘उरसिंह’ भन्ने भीमबहादुर तामाङलाई नियन्त्रण्मा लिईएको थानकोटका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले ४५ बर्षिय तामाङलाई चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत सिन्धुपाल्चोकले २०५१ सालमा भीम बहादुर तामाङलाई २० बर्ष कैद सजाय तोकेको थियो । कर्तब्य ज्यानमा संलग्न अन्य पाँच जनाले यसअघी नै सजाय काटिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार