काठमाडौं । धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको बलात्कारपछि उनी हाफपाइन्ट लगाएर फरार भएका हुन।
अनुसन्धानपछि मुद्दा चलाइसकेका र उनी जान सक्ने हरेक ठाउँहरुमा खोजी गरिसकेका इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले जानकारी दिएका छन् । उनी हाफपाइन्ट र सर्टमात्रै लाएर मोबाइलसमेत नलिई बेपत्ता भएकाले भेट्न गाह्रो भएको तिमिल्सिनाले बताए ।
बालिकाका पिताले भने रंगेहात भेटे पनि समाउन नसकेको पनि जनाए। वृद्धको घर उनको घरसँगै नजिकै छ । बालिकाका १४ वर्षीय रीता हुन् । उनी बौद्धिक अपाङ्ग हुन्, नीलो रङको अपाङ्गता परिचयपत्रसमेत उनका साथमा छ ।