बिहेको दिन फूलले ल्यायो संकट, बेहुलीको भयो यस्तो हाल

 229 पटक हेरिएको


एजेन्सी । हरेक युवतीको लागि बिहेको दिन कुनै सपना वास्तविकतामा परिणत हुनु जस्तै हुन्छ । तर २३ वर्षकी यी युवतीको लागि भने त्यही दिन निकै दर्दनाक साबित भएको छ । २३ वर्षकी क्रिष्टिनको फार्महाउसमा सुन्दर सेता फूल थिए । यिनै फूलका कारण उनलाई यस्तो एलर्जी भयो कि बिहेको खुसी असहनीय पीडामा बदलियो ।

यी फूल हिउँले ढाकिएका थिए जसलाई सुँघ्नासाथ उनलाई एलर्जी भयो । बिहेको अघिल्लो दिन उनले फूल टिपेर ल्याएर बेड सजाएकी थिइन् । त्यही बेडमा राती उनी सुतिन् । बिहान उठ्दा उनको शरीरभरी फोका थिए आँखा सुन्निएका थिए । बिहेको दिन उनी आफ्नै अनुहार देखेर डराएको बताउँछिन् । उनलाई तत्काल अस्पताल लगियो । उनले बिहेको पार्टीमा सहभागी हुन पाइनन् तर रिसेप्सन पार्टीमा कुनै हालतमा सहभागी हुन चाहन्थिन् । त्यसैले उनले त्यो दिन बिहेको जोडी नलगाइ सर्ट र पाइन्टमै रिसेप्सनमा पुगिन् । त्यो दिन पनि उनको स्वास्थ्य ठिक भएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार