काभ्रेमा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु

काभ्रे । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा आज बिहान एउटा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार बिहान ५ बजे स १ च ११३४ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी २७ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा गम्भिर घाइते भएका अर्का व्यक्तिलाई भने उपचारको लागि स्थानीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकि रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार