१८ हजार घुससहित भक्तपुरको राधेराधेबाट प्रहरी जवान पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई नगद १८ हजार नगदसहित रंगेहात पक्राउ गरेको छ ।
प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घूस लिएको अख्तियारले जानकारी दिएको छ ।
थापाले घूस मागेको सेवाग्राहीले दिएको बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थापाको थप अनुसन्धान सुरु गरिएको छ ।