वैदेशिक रोजगारले बढ्यो सम्बन्ध विच्छेद

राजविराज । सप्तरीमा युवाहरु वैदेशिक रोजगारमा जान थालेपछि सम्बन्ध विच्छेदका घटना बढेका छन् । राजविराज नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा ७ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् ।

नगरपालिकाका कानुन शाखाकी कानुन सहायक शीला कर्णका अनुसार विवाह गरेका जोडीबीच विश्वास नहुँदा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको हो । जिल्ला अदालत राजविराजमा पनि कूल ३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २७ वटा मुद्दा विचाराधीन छन् भने १२ वटाको फैसला भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार