चोरीको आरोपमा अभिनेता रेड्डी प्रहरीको फन्दामा


एजेन्सी । चोरीको आरोपमा तेलुगु फिल्म अभिनेता सम्राट पक्राउ परेका छन् । उनी विरूद्ध चोरीको आरोप लगाउने अन्य कोही नभई उनकै श्रीमती हुन् ।

प्रहरीका अनुसार सम्राट केही समयदेखि आफ्नो श्रीमती हर्षिता रेड्डीलाई प्रताडित गरिरहेका थिए । उनी विरूद्ध यो नै पहिलो मुद्दा होइन ।

यसअघि पनि घरेलु हिंसा र दाइजो मागको विषयमा उनी विरूद्ध मुद्धा परिसकेको छ। अहिले उनी विरूद्ध आफ्नै घरमा चोरी गरेको आरोप लागेको हो । सम्राट र हर्षिताको बिहे २ वर्षअघि भएको थियो । तर, सम्राटको खराब व्यवहारका कारण उनीहरु अलग बस्दै आएका थिए ।

सम्राटले आफ्नो घरमा नभई श्रीमती बसिरहेको घरमा गएर चोरीको प्रयास गरेको बताइन्छ। हर्षिताले राजेन्द्रनगर पुलिस चौकीमा गएर आफ्नो लोग्नेविरूद्ध जनवरी २५ मा जाहेरी दायर गरेकी हुन् ।

पुलिस रिपोर्टअनुसार सम्राटले दराजबाट बहुमूल्य गहना चोर्ने प्रयास गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार