निधारमा चोट लागेको अवस्थामा एक युवा मृत फेला

बर्दिया । तीन दिनअघि छिमेकी गाउँमा विवाह हेर्न गएका एक युवाको शव बर्दियाको ठाकुरबाबा नगरपालिका–२ पेरहनी गाउँको खेतमा भेटिएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीका १७ वर्षीय बालकृष्ण आचार्य छिमेकी गाउँ पेरहनीमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । युवाको निधारमा चोट लागेकाले धारीलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय गुलरियाबाट गएको प्रहरीको विशेष अनुसन्धान टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको एसपी जनक भट्टराईले जानकारी दिनुभयो । अनुसन्धानका लागि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार