एकलव्य शिक्षा सदनका व्यवस्थापन समिति अध्यक्ष थपलिया एनप्याब्सन कागेस्वरी मनहरा नगर कमिटीको सचिबमा सर्वसम्मत चयन


शिक्षा क्षेत्रको हक हित र गुणस्तरीयताको लागि अग्रसर संस्था एन प्याब्सनको कागेस्वरी मनहरा नगरकमिटी गठन गरिएको छ। कागेस्वरी मनहरा नगर भित्र रहेका १७ वटा प्राइभेट बिद्यालयहरु मध्ये ९ वटा बिद्यालय एन प्याब्सन अन्तर्गत रहेका छन् । उक्त ९ वटा विद्यालयको भेला बाट कार्य समिति गठन गरिएको हो। यस संस्थाले यस क्षेत्रमा रहेका विद्यालयको समग्र विकास र गुणस्तरिय शिक्षाको लागि विभिन्न गतिबिधि संचालन गर्ने छ । नयाँ बनेको कार्य समितिमा अध्यक्ष अमृत कुमार खड्का,उपाध्यक्ष एन.बि.निरौला,सचिब सुजन थपलिया,सह सचिब पवित्रा दाहाल,कोसाध्यक्ष प्रेम कुमार भुजेल,सदस्यमा प्रकाश चन्द्र खड्का,छिरिंग लामा,रामकाजी बुढाथोकी,लिला रेग्मी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार