नेपाल र भारतबीच सीमाको विवाद झन् चर्किदै

नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेपछि विवादले चर्को रुप लिएको छ ।

बेलौरी नगरपालिका–१० सडकघाटमा नगरपालिकाले सडक चौडा बनाउन रकम विनियोजन गरेपछि सडकको चौडाई बढाउने काम भैरहेको थियो ।

नेपालतिरबाट बनाउँदै लगिएको सडक एसएसबीले भारतीय दशगजामा सडक परेको भन्दै अवरोध गरेको छ । नगरपालिकाको सडक फराकिलो बनाउने योजना अन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो ।

तर भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा सडक बनाउन अवरोध गरेपछि विवाद उत्पन्न भएको स्थानीय कृष्णप्रसाद शर्माले बताए ।

उनले आफुसंग रहेको लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलले रोक्दा पनि नेपाली प्रशासन भने केही नगरेर बसेको गुनासो गरे ।

सदियौ देखि मानिदै आएको नेपाल भारतको सीमानाका भन्दा भित्रपट्टि नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय नेता पल्लब भट्ट बताउनु हुन्छ ।

कंचनपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ बाट विजयी सांसद कुलबीर चौधरीले लामो समयदेखि चल्दै आएको सीमा विवाद अन्त्यका लागि अहिले सीमा सर्भे भैरहेकोले दीर्घकालीन रुपमा समस्याको समाधान हुने बताए।

उनले ठूलो माछाले सानो माछालाई खाने भन्दै भारतीय हेपाहा प्रबृत्तिको अन्त्यका लागि आफुले पहल गर्ने दृढता पनि व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार