घरको ताला फुटाएर सुन, चाँदी र मोबाइल चोरी

महोत्तरीमा पछिल्लो समय चोरीका घट्ना बढेका छन् । मंगलबारमात्रै गौशालामा ६ लाख रुपैयाँ बराबरको चोरी भएको छ । निगौल–२ का मोहन महतो र सन्तु महतोको घरबाट ४ लाख नगद, ६ थान मोबाइल, आधा किलो चाँदी, चार तोला सुन गरी ६ लाख बराबरको चोरी भएको गौशला प्रहरीले जनाएको छ ।

मोहनको घरमा ताला फुटाएर र सन्तुको घरमा दैलोको कब्जा उप्काएर चोरी भएको हो । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार