‘नेपाल स्थापना दिवस’ मनाउन माग

काठमाडौं । क्वाटर मिलियन अभियानले ज्ञात–अज्ञात शहीदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको छ । आधुनिक नेपाल स्थापना भएको २ सय ५० वर्षको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा सो संगठनले वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको हो ।

क्वार्टर मिलियनका अभियान्ता प्राध्यापक आनन्द आदित्यले मुलुक स्थापनाको अवसर पारेर कार्यक्रम गर्नु र नेपालको गरिमाका बारेमा विश्वलाई चिनाउनु हरेक नागरिकको कर्तव्य रहने बताए । उनले भने, ‘हामी मानिस जन्मदिन मनाउछौं, कुनै महान व्यक्तिको सम्झनामा कार्यक्रम गछौँ तर देशको जन्मदिन बनाउने परम्परा स्थापना गर्न सकेनौ, त्यसैले मुलुकको जन्मदिन मनाउनुपर्छ, देशको स्थापना दिवस मनाउनुपर्छ, ऐतिहासिकतालाई उजागर गर्नुपर्छ ।’

कार्यक्रममा माघ १६ गते शहीद दिवसदेखि विभिन्न कार्यक्रमसहित देशव्यापी रुपमा मुलुक स्थापनाका बारेमा विविध कार्यक्रम गर्न आयोजक संस्थाले प्रस्तावसहित जानकारी दिएको छ । विश्वकै इतिहासमा आधुनिक राज्य निर्माणको लामो इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेको स्मरण गर्दै एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सरकारले पहिलो कदम उठाउनु पर्ने आयोजकले दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार