चटपटे र पानीपुरीमा अखाद्य वस्तुको बिगबिगी


पानीपुरी र चटपटे नखाने टिन–एजर सायदै कोई नहोलान् । चटपटे पानीपुरीमा अखाद्य वस्तु प्रयोग गरेको भेटिएकोछ ।

रंगसहितको अखाद्य वस्तुमात्र नभएर गुणस्तहीन तेल प्रयोग गरेर बनाइएका वस्तु सडक पेटीमा बेच्ने गरेको भेटिएको छ । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको क्रममा पानीपुरी पकाउँदा प्रयोग गर्ने कुहिएको गुणस्तरहीन तेल बरामद गरेको थियो ।

पानीपुरीमा मोबिलजस्तो कालो तेल प्रयोग गर्ने गरेको भेटिएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले बताए । ‘सडक पेटीमा बिक्री हुने पानीपुरी र चटपटेमा अखाद्य वस्तु प्रयोग गरेको भेटियो,’ पोख्रेलले भने, ‘खुला ठाउँमा बिक्री हुने खाद्यवस्तु खाँदा मानव स्वास्थ्यमा असर पुग्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार