चिसो छल्न विश्वकाका चराहरु रारा तालमा

मुगु । विश्वका विभिन्न देशबाट चराहरु जाडोे छल्न रारा आउन थालेका छन् । हिउँदयाममा साईवेरिया, युरोप र मानसरोबर क्षेत्रमा अत्याधिक चिसो हुने भएकाले हरेक वर्ष चिसो छल्न चराहरु रारा आउने गरेका छन् ।

यस वर्ष पनि चिसो छल्न विभिन्न देशका चराहरु रारा ताल आउने क्रम जारी रहेको रारा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

हरेक वर्ष कात्तिक अन्त्यदेखि माघसम्ममा हजारांैको संख्यामा पाहुना चरा रारा आउने गरेको बताइएको छ । चिसो छल्न रारा पुगेका यि चराहरु चैत्र अन्तिम तिर मात्र फर्कने गरेका छन् ।

निकुञ्जका अनुसार यस वर्ष अहिलेसम्ममा ६ सयको हारहारीमा चिसो छल्न चरा आइसकेका छन् । चरा आउने क्रमम माघ अन्तिमसम्म चल्छ । अहिले रारामा कमन कुड, युरेसियन युगेन, ग्रागेनी, कमन पचाड, टप्टेड डग प्रजातीका चिसो छल्न आएका हाँस तथा चराहरु देखिन्छन् ।

वारहेडेड गुज नामक सानो र ठुलो प्रजातीको हाँस केही ढिलो गरि आउने गर्दछ । रारा तालमा पानी नजम्ने भएकाले पनि वर्षेनी पानीमा बस्ने प्रजातीका चराहरु रारा आउने गर्दछन । रैथाने चरा त छदैछन् । त्यसमा पनि विदेशी चरा समेत थपिएपछि राराको सौन्दर्य झनै बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार