नेपाली क्रिकेटमा शुभसंकेत, क्यान विवाद समाधानतर्फ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

(आईसीसी)को निलम्बनमा परेको करीब दुई बर्षपछि नेपाली क्रिकेटको विवाद समाधान हुने संकेतहरु देखिएका छन् ।

आईसीसी प्रतिनिधिमण्डलसँगको बैठकपछि नेपाली क्रिकेटसँग जोडिएका विवादले निचोड लिनसक्ने देखिएको हो । आइसीसीको शर्तअनुसार क्यानले विधान पुनः संशोधन गरेर पाँच सदस्यीय अनुगमन समिति गठन गर्ने भएको छ । अहिलेको निर्वाचित क्यानले विधान पारित गरेपछि यो समिति स्थापित हुनेछ ।

जसले चार महिना भित्रमा क्यानको जिल्ला निर्वाचनको अनुगमन गर्ने र वैधानिक रुपमा भए–नभएको पत्ता लगाउनेछ । यो समितिमा तीन जना आईसीसीबाट, एक–एक जना सल्लाहकार समिति र क्यानबाट बस्नेछन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले यसअघि जे भएपनि अब सच्चिएर नगए आईसीसीका साथै आफूले पनि कडा कदम चाल्ने बताए ।

नेपाल पक्षले आइसीसीका चासो अनुसारको काम गर्ने प्रयास गरिरहेको छ ।तर, आइसीसी कहिले लचिलो देखिने र कहिले कडा देखिने हुँदा अहिलेसम्म यो मुद्धा कसरी समाधान हुन्छ भन्ने अन्योल नै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार