साउदी र ओमानमा रोजगारको क्षेत्र कटौती

आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ ।

कान्तिपुर दैनिकका अनुसार साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्न नीति ल्याएपछि विदेशीले अवसर नपाउने भएका हुन् ।

साउदीले १२ वटा क्षेत्र र ओमनले ८७ वटा पेसामा विेदशी कामदार राख्न नपाउने नीति लागू गरेको हो ।

साउदीको श्रम तथा सामाजिक विकसमन्त्री अली अल घफिसले आउँदो सेप्टेम्बरदेखि नियम लागू हुने जानकारी दिएको छ ।

घडी, चस्मा, मेडिकल औजार तथा उपकरण, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक उपकरणहरु, गाडीका पाटपूर्जा , निर्माण सामग्री, कार्पेट, गाडी तथा मोटरसाइकल, घर ता कायाृलयका फर्निचर, बच्चाका लुगाफाटा तथा पुरुषका सरसामान बेच्ने पसलमा विदेशी कामदार राख्न नपाउने निर्णय लिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार