गुल्मीमा एक युवा मृत फेला

गुल्मी । गुल्मीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–५, खालीखोलामा २२ वर्षका सन्तोष सिंजाली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

मृतक सिंजाली बाटोबाट तल झरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । परिवारका अनुसार छत्रकोट गाउँपालिका वडा नम्बर–६, घर भएका सिंजाली ४ दिन पहिले दिदीको घर जाने भनेर हिँडेका थिए ।

उनी छारे रोगका बिरामी रहेको परिवारले जनाएको छ । बाटोमा हिँडने क्रममा लडेर ज्यान गएको हुनसक्ने प्रहरीले प्रराम्भीक अनुसन्धान गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार