करेन्ट लागेर एक मजदुरको मृत्यु


नुवाकोट । बिदुर नगरपालिका–९ कोलनीमा घर बनाउन रड काट्ने क्रममा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ ।

कोलनीस्थित विनोद गुरुङको घर बनाउन रड काट्ने क्रममा विद्युतीय तारमा छोएर करेन्ट लाग्दा बारा सिम्रौनगढ नगरपालिका–८ का २३ वर्र्षीय शिव महतोको मृत्यु भएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार