ओखलढुंगामा बिहे भोजमा कुटाकुट, एकको मृत्यु, ५ जना घाइते

ओखलढुंगा । ओखलढुंगमा बिहेभोजमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना गम्भिर घाइते भएका छन् ।

मोलुङ गाँउपालिका–७ पात्ले निवासी गंगा बहादुर मगरको बहिनीको बिहे भोजमा मदिरा सेवन गरेका युवाहरुबीच झडप हुँदा सोही स्थानका २२ बर्षीय कुमार मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार