यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६-० गोलअन्तरले पराजित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन्। अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन्।
मोगिनीले खेलको १३औँ मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन्। पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन्। यस्तै, खातुनले खेलको ६९औँ र ७२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। अर्को खेलमा भारतले भुटानलाई ३-० गोलअन्तरले पराजित गर्यो । नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।