सहिदको नाममा पार्क खेती : २७ करोड सकियो, उपलब्धि शून्य !

काठमाडौँ । गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा राष्ट्रिय सहित तथा निजामती पार्क बनाउन २०६८ सालमा शिलान्यास भएको थियो ।

शिलान्यासपछि ६ बर्ष वित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ ।सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मुर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तुप, चैत्य, सार्वजनिक शौचालय, बगैँचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।

संग्रहालयको नाममा बनेको भवन जीर्ण भईसकेको छ ।बगैंचाको नाममा फुल, बोटीविरुवा केही पनि रोपिएको छैन ।, आजको नागरिक दैनिकमा यो खबर भाषा सर्माले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार