मनोज गजुरेल दुई थोपा हाँसो लिएर खाडी मुलुक जाँदै

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल युएई, कतार र मलेसिया यात्रामा जाने भएका छन् । सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघको आयोजनामा गजुरेलसहितको टोली ‘दुई थोपा हाँसो’ जान लागेको हो ।

उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नाङ्गे, योग गुरु डा।राजु अधिकारी, व्यंग्य कवि टंक आचार्य जाने भएका छन् ।

फेब्रुअरी महिनालाई ‘जनचेतना महिना’ को रुपमा मनाउने योजना अनुसार नेपाली राजदूतावास अबुधाबीको संयोजन, सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ कार्यक्रम गर्न लागिएको एनआरएन युएईले जनाएको छ । ‘दुई थोपा हाँसो’लाई हास्य व्यंग्य र योगसहितको जनचेतनामुलक कार्यक्रम भनिएको छ ।

१ फेब्रुअरीमा अबुधावीबाट सुरु हुने गजुरेलको दुबई यात्रा दुई तारेखमा अलऐन, तीन तारेखमा सारजहाँ, चार तारेखमा दुबई र पाँच तारेखमा फुजेरामा पुग्ने आयोजक गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार