काठमाडौं । सोमबार रौतहटको राजपुर भन्ने स्थानमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राम कुमार धामीले राजपुर(१ मा केही समय अघि गोली चलेको पुष्टि गरेका हुन् ।
गोली लागेर एक जना घाइते भएका छन् । घाइतेलाई एक गोली लागेको प्रहरीले जनाएको छ। गोली कसले चलायो भन्ने खुल्न बाँकी छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका डिआइजी मनोज न्यौपानेले बताए।