मोटरसाइकलको ठक्करबाट काठमाडौंको मिनभवनमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सामाकोशी २ घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्की छन् ।
कार्कीलाई मिनभवन क्याम्पस अगाडि मा बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएको थियो । उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको नयाँबानेश्वर प्रहरी प्रमुख डिएसपी रवि पौडेलले जानकारी दिए ।
कार्कीलाई सुरुमा ट्रमा सेन्टरमा उपचार गर्न लगिए पनि त्यहाँबाट न्यूरो अस्पताल बाँसबारी रिफर गरिएको थियो ।
डिएसपी पौडेलका अनुसार मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् र उनीमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढिसकेको छ ।