काठमाडौं । चालु आर्थिकवर्षको पौषसम्म १५ वटा वाणिज्य बैंकहरुको नाफा एकअर्व ५६ करोडले वृदि भएको छ । हालसम्म वित्तिय विवरण सार्वजनिक गरेको १५ वाणिज्य वाणिज्य बैंकहरुले समग्रमा १६ दशमलव ५४ प्रतिशतले बढाएका हुन ।
१५ वटा बैंकले १० अर्ब ९९ करोड नाफा कमाउन सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधीमा यी बैंकहरुको नाफा जम्मा ९ अर्ब ४३ करोड रहेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै एकअर्ब ८३ करोड नाफा कमाएको छ भने दोश्रोमा एभरेष्ट बैंकले एकअर्ब १४ करोड नाफा कमाएको छ । त्यस्तै एनएमबी बैंकले १ अर्ब नाफा कमाउँदा ग्लोबल आईएमई बैंकले ९५ करोड नाफा कमाएकोे छ ।
पुस मसान्तसम्ममा नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डू भने नाफा कमाउन असफल भएका छन् ।