प्रदेशसभाको बैठक माघ २५ भित्र भइसक्नुपर्ने भएकाले सातै प्रदेशमा हतार–हतार तयारी भइरहेका छन् ।
बैठक हल, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख तथा उपसभामुखका कार्यालय एवं मन्त्रालय रहने भवनका लागि स्थानीय प्रशासनले व्यवस्थापन गरिरहेका छन् ।
प्रदेशसभाको बैठक सञ्चालन विधि सिकाउन संसद् सचिवालयका कर्मचारी सबै प्रदेशमा जाँदैछन् । आजको कान्तिपुरमा यो खबर छ ।