बाँदरबाट कृषक हैरान

  राजन साउद  470 पटक हेरिएको

म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ ।

बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानीय कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनलाई दुःख दिने गरेको छ ।

पाँच वर्षअघिसम्म नगन्यमात्रमा देखिने बाँदर त्यसपछिका वर्षमा हुलका हुल देखिन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति पु¥याउन थालेपछि कृषक समस्यामा परेको प्रकाश शर्माले बताउनुभयो ।

शर्माले दिएको जानकारीअनुसार केही वर्षअघि काठमाडौँको पशुपति क्षेत्रमा रहेका बाँदरमा प्राणघातक रोग देखापरेपछि ती बाँदरलाई गलेश्वर क्षेत्रमा लगेर छोडिएको भन्ने चर्चा चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार