नवौं सिभिल इन्जिनियरिङ प्रदर्शनी हुँदै

ललितपुर । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले नवौ सिभिल इन्जिनियरिङ प्रर्दशनी गर्ने भएका छन् । प्रदर्शनीको सोमबार भौतिक योजना मन्त्री बीरबहादुर बलायरले उद्घाटन गर्ने कार्यक्रम रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा मोडल कम्पिटिसिन, प्यानल टक लगायतका कार्यक्रम राखिएको आयोजक मध्येका विद्यार्थी प्रशन्न ढकालले जानकारी दिए । प्रदर्शनीको पुर्वसन्ध्यामा आइतबार डोजर कल्चर ड्रेसमा र्याली निकालिएको थियो । र्याली कुपन्डोल थापाथली हुँदै बस्नतपुर पुगेर समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार