काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ ।
नेता खड्काकी माता मायादेवीको गए राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ७ स्थित आफ्नै निवासमा ९४ वर्षका उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत स्व खड्काको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
श्रीमती खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । स्व खड्काका चार छोरा र छ छोरी हुनुहुन्छ ।