कपिलवस्तु । कपिलवस्तुमा बालबालिकालाई नियमित विद्यालयमा लैजानको लागि सिकाई सहयोग कक्षा संचालन गरिएको छ । नियमित रूपमा विद्यालय नजाने वा सिकाइको स्थिति कमजोर रहेका बालबालिकाहरुलाई लक्षित गरि ज्ञानवाटिका कार्यक्रम अन्तरगत सिकाई सहयोग कक्षा संचालन गरिएको हो ।
विद्यालय कहिल्यै नगएका वा कक्षा १ देखि ३ कक्षासम्म पढ्दापढ्दै बीचैमा विद्यालय छोडेका बालबालिकालाई लक्षित गरि यस्तो कक्षा संचालन गरिएको हो ।
युरोपियन युनियन, उईवल्डको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको समन्व्यमा ग्लोवल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रले जिल्लाको मायादेवी गाँउपालिका वडा १,४,६,८ र शुद्धोधन गाँउपालीकका वडा ३,४,५,६ ्का २४ वटा विद्यालयमा संचालन गरेको कपिलवस्तुमा समता र पहुँचकालागि साझेदारी परियोजना मार्फत यस्तो कक्षा संचालन गरिएको हो ।
बालबालिकालाई विद्यालयमा भर्ना भई अरुसँगै सिकाइ हासिल गर्न सक्षम वनाउन यस्तो कक्षा संचालन गरिएको ग्लोवल एक्सन नेपालका टिम लिडर नारायण घिमिरेले बताए ।