पत्रकारको न्यूनतम पारिश्रमिक कम्तीमा पनि ३० हजार बनाउन माग


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको बैठक पर्यटकीय क्षेत्र ककनीमा १२ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही माघ १२ र १३ मा सम्पन्न बैठकले शाखाले आगामी दिनमा शाखाले भुमिका खेल्नुपर्ने एजेण्डाबारे घनिभुत छलफल गरेको थियो ।
बैठकले समसामयिक सञ्चार क्षेत्रका ज्वलन्त समस्याहरुबारे गम्भिर परामर्श गर्दै साना लगानीमा सञ्चालित मिडीयाहरुको विकास, विस्तार र प्रवद्र्धन गर्न माग गरेको छ ।
बैठकले समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने, सो लागु नभएसम्मका लागि लोककल्याणकारी विज्ञापन दोब्बर पार्नुपर्ने, अनलाइन मिडीयाहरुलाई पनि व्यवस्थित गरी आवश्यक सहुलीयत वा लोककल्याणकारी विज्ञापनको व्यवस्थागर्नुपर्ने लगायतका मागहरु राखेको छ ।
यस्तै शाखाको विस्तारीत बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन पनि सरकारसँग माग गरेको छ ।
शनिबार ककनीमा सम्पन्न भएको विस्तारित बैठकले १२ बुँदे घोषणापत्र जारी गर्दै बढ्दो महँगीलाई ध्यान दिई पारिश्रमिक कम्तीमा पनि ३० हजार रुपैयाँ मासिक हुनुपर्ने औंल्याएको हो ।
घोषणापत्रमा सूचना विभागको परिचयपत्र भएका सञ्चारकर्मी र सञ्चालनमा रहेका सञ्चारगृहलाई निस्शुल्क इन्टरनेट सुविधा प्रदान गरिनुपर्ने, ‘एक सञ्चार गृह, एक सवारी साधन’ व्यवस्था गरी भन्सार छुट गरिनुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवर्द्धन तथा निरन्तरताका लागि विशेष योजना ल्याइनुपर्ने जस्ता माग रहेको शाखा अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार