ट्र्याक्टरको ठक्करबाट एक मृत्यु


राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा ट्र्याक्टरको ठक्करबाट आज स्थानीयवासी ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ ।

सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण-पश्चिम भित्री सडकखण्डअन्तर्गत बरहिवीरपुरमा को२त ५५२३ नंको ट्र्याक्टरले उहाँलाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार