काठमाडौं । आइतबार मुलुकका विभिन्न जिल्लाहरुमा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीले भक्तपुर लगायत विभिन्न जिल्लामा उनीहरुलाई मृत फेला पारेको हो । प्रहरीका अनुसार भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित झाडीमा सोही नगरपालिकाको बंशगोपाल बस्ने ३३ वर्षीय देवकुमार मानान्धर मृत फेला परेका छन् ।
उनी दश दिनदेखि घरबाटै हराएको प्रहरीले जनाएको छ । त्यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका–३ बस्ने ३५ वर्षीया ठुलेदेबी दास पनि मृत फेला परेका छन् । घरदेखि करिब १ किलोमिटर पूर्व पर्ने खुल्ला चौरमा आइतबार उनी मृत अवस्थामा फेला परेकी हुन् ।
त्यसैगरी लम्जुङ्गको सुन्दरबजार नगरपालिका–७ कुमालटार बस्ने ८० वर्षीय सूर्यबहादुर कुमाल पनि मृत फेला परेका छन् । शनिबारदेखि हराएका उनको खोजी गदै जाँदा स्थानीय पाउदी खोलाको किनारामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ हरपुरा खोलामा २ वटा टाउको सहितको मानव कंकाल आइतबार फेला परेको छ । घटनास्थलबाट २ जोर चप्पल र २ थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।